प्रधानमन्त्री ओली आज बेइजिङबाट सान्या जाने

चैत्र १०, २०७२- चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित तियानमेन स्क्वायरको भ्रमण गरेका छन् । उनले त्यहाँ रहेको जनवादी गणतन्त्र चीनको संस्थापक नेता माओत्सेतुङको शव राखिएको भवनमा पुगी श्रद्धान्जली अर्पण गरेका छन् ।

उनले तियानमेन स्वायरमा नै रहेको रहेको चिनियाँ वीर सहीदहरुको स्मारक स्तम्भमा पनि पुष्पगुच्छा चढाएका थिए । प्रधानमन्त्री ओली तियानमेन स्क्वायर पुग्दा उनको सम्मानमा राष्ट्रिय धुुन बजाइएको थियो ।

प्रसिद्ध पर्यटकीय स्थल समेत रहेको तियानमेन स्क्वायर क्षेत्रमा नेपाल र चीनका झण्डा फहराइएका छन् ।

प्रधानमन्त्रीले आज बेइजिङमा पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष यु चेनसेङसँग ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री ओली बेइजिङको औपचारिक कार्यक्रम सकेर आजै हेनान प्रान्तको सान्या सहर प्रस्थान गुर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले भोलि हेनानमा एसियाको नयाा भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्री ओली सान्यमा आफ्नो कार्यक्रम सकेर शुक्रबार सिचुआन प्रान्तको छेन्दु जाने छन् । त्यहाँ दुई दिन बिताएर उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment