सरकारी कर्मचारी कुट्ने एमाले नेता प्रहरी हिरासतमा


सरकारी कर्मचारीमाथि हातपात गरेको अभियोगमा एमाले नेता लोकबहादुर डाँगीलाई प्रहरीले हिरासतमा राखेको छ।
 
गत आइतबार जिल्ला विकास समितिका सुचना अधिकृत पूर्णबहादुर वलीमाथि हातपात गरेको अभियोगमा डाँगीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरी आफ्नो हिरासतमा राखेको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। 
 
पूर्णले जिल्ला विकास समितिले वितरण गरेको यूनिसेफको सरसफाई सम्बन्धि कार्यक्रमको वितरणमा मनोमानी गरेको र आफ्नो एनजीओलाई छनोट नगरेको भन्दै एमाले सल्यानका पूर्व अध्यक्षसमेत रहेका डाँगीले कुटेका थिए। 
 
कर्मचारी कुटेको विरोधमा जिविस सल्यानले जिल्ला प्रशासनलाई जानकारी गराएको थियो। सोहिको आधारमा डाँगीलाई हिरासतमा राखिएको प्रशासनले जनाएको छ।
 
दुईवटा संस्था सञ्चालन गरिरहेका डाँगीले आफ्नो संस्थालाई कार्यक्रम नदिएको झोकमा कर्मचारीलाई हातपात गरेको पीडित वलीले आरोप लगाएका छन्। 
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment